काठमाडौँ । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्ष अवधिको समीक्षा तीन मिनेटमै गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियोमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरेका हुन् ।

उनले भिडियोको सुरुमा सरकारलाई दुई वर्ष पूरा गरेकोमा बधाइ दिएका छन् । लगत्तै उनी प्रश्न गर्छन्, ‘तर जनताको बधाइ प्राप्त गर्ने गरी काम के के भए त ?’

प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षे उपलब्धिबारे संसदमा लामै फेहरिस्त सुनाएको चर्चा गर्दै उनले भिडियोमा नेकपाको चुनावी घोषणापत्रमा उल्लेखित दुई वर्षे योजना कति पूरा भए भन्नेबारे लेखाजोखा गरेका छन् ।

यस्तो छ, सरकारको दुई वर्ष अवधिका बारेमा काँग्रेसले तीन मिनेटमा गरेको टिप्पणीः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय