सिंगापुर सरकारले स्टेट्स टाइम्स रिभ्यु पत्रिकाको फेसबुक बन्द गरेपछि फेसबुकले असन्तुष्टि जनाएको छ ।
adad सिंगापुर सरकारले फेक न्युज पोष्ट गरेको भन्दै स्टेट्स टाइम्स रिभ्यु पत्रिकाको फेसबुक पेज बन्द गरेको थियो ।
यस घटनामा फेसबुकले आफ्नो ध्यानाकर्षण भएको भन्दै यो वाक स्वतन्त्रताको विरुद्ध भएको बताएको छ । फेसबुकले सिंगापुरको फेकन्यूज सम्बन्धि कानुनले वाक स्वतन्त्रतालाई कुण्ठित बनाउने समेत बताएको छ ।
सिंगापुरले फेकन्युज बढ्दै गएपछि गत अक्टोबर देखि 'प्रोटेक्सन फ्रम अनलाइन फल्सहुडस एण्ड मेनुपुलेसन बिल' नामक कानुन लागु गरेको छ ।
सिंगापुर सरकारले फेकन्युजलाई रोक्न कडा कानु नवाश्य्क रहेको भन्दै जातीय तथा रंगसम्बन्धि भेदभाव रोक्न समेत यस्तो कानुन आवश्यक रहेको बताउदै आएको छ ।
फेसबुकका प्रवक्ताले बिबिसीसँग कुरा गर्दै सिंगापुर सरकारले लागु गरेको नयाँ कानुन सेन्सरसिप टुलको रुपमा प्रयोग भएको बताए ।
स्टेट्स टाइम्स रिभ्युले जनवरीमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सिंगापुरमा फेस मास्क नभएको समाचार प्रकाशित गरेको थियो ।
सिंगापुरमा करिब एक दर्जन कोरोना संक्रमणका केस देखिएपनि सरकारले सबै आवश्यक सचेतता अपनाएको बताउदै आएको छ ।
सिंगापुरको सञ्चार मन्त्रालयले फेब्रुअरी १५ मा रिभ्युलाई सो समाचारको लोकेसन छुट्टाउन र सो पोष्ट गलत भएको उल्लेख गर्न दबाब दिएको थियो ।
तर रिभ्युले सो गर्न नमानेपछि सरकारले सिंगापुरबाट सो पेज नखुल्ने बनाइदिएका थिए ।
फेसबुकले रिभ्युक०ओ सो पेजमा पछिल्लो बर्षको नोभेम्बरदेखि अहिलेसम्म तीन पटक सच्याउने निर्देशन दिईसकेको छ । फेसबुकले सरकारको निर्देशनमा त्यसो गरेको जनाएको छ ।
सिंगापुर सरकारको नियम अनुसार फेसबुकले सरकारको निर्देशन नमानेमा दैनिक करिब १५ हजार अमेरिकी डलर देखि बढीमा साढे ३ लाख अमेरिकी डलर जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
फेसबुकको एशिया प्यासिफिक हेर्ने कार्यालय समेत सिंगापुरमा रहेको छ भने फेसबुकले सिंगापुरमा आफ्नो डाटा सेन्टर बनाउन एक बिलियन डलर भन्दा बढी लगानी गर्ने क्रममा रहेको छ । यो परियोजना २०२२ मा सम्पन्न हुने बताइएको छ ।










