काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रीको तयारी विवरण प्रस्तुत गरेको छ । बुधवार पत्रकार सम्मेलनमार्फत् कोषले तयारीे विवरण प्रस्तुत गरेको हो ।

कोषका सदस्य सचिव डा.प्रदिप ढकालले पत्रकार सम्मेलन मार्फत् त्यस दिनको दर्शन मार्गको बारेमा प्रष्ट्याएका छन् ।

भक्तजनहरुले चारवटा लाइनमार्फत् पशुपति दर्शन गर्न पाउने उनले बताए ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ ।

त्यस्तै बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले जनाएको छ । दर्शनार्थीहरुले जुन मार्गबाट प्रवेश गर्छन् त्यही बाटो हुँदै बाहिरिनुपर्ने डा.ढकालले बताए ।

नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेश गर्ने व्यवस्था समेत मिलाइएको छ ।

भ्रमण वर्षलाई लक्षित गर्दै यस वर्ष पशुपतिनाथमा महाशिवरात्रीका दिन १० लाखभन्दा बढी दर्शनार्थी भित्र्याउने लक्ष्य कोषले राखेको छ ।

यसअघि लोकपथमा प्रकाशित यो समाग्री छुटाउनुभएको भए यस लिंकमा क्लिक गरी पढ्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah