घूस प्रकरणले विवादमा मुछिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझण्डा देखाएको छ ।

सुदूरपश्चिम भ्रमणमा रहेका मन्त्री बाँस्कोटालाई बिहीवार अपराह्न काठमाडौं फर्किने क्रममा नेविसंघले कालोझण्डा देखाएको छ ।

मातृ पार्टी नेपाली कांग्रेसले भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरिरहेको बेला नेविसंघले कालोझण्डा देखाएको महामन्त्री दिपक भट्टराईले बताए । नेविसंघका नेताहरू विष्णुहरि खड्का र अनिल खनालले मन्त्रीलाई कालोझण्डा देखाएका हुन् ।

घुस बार्गेनिङ गरिरहेको अडियो टेप सार्वजनिक भएपछि मन्त्री बाँस्कोटा विवादमा परेका छन् । टेपकै विषयमा कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई तत्काल बालुवाटार बोलाएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा ७० करोड घूसको बार्गेनिङ गर्दै गरेको भिडियो बुधवार राति सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर