काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री बाँस्कोटाले आफूले पदबाट राजीनामा दिएको सामाजिक संजालमार्फत घोषणा गर्नुभएको छ ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा परेपछि बिहीबार पदबाट राजीनामा दिनुभएको हो ।‘मेरोबारेमा प्रश्न् उठेकाले सम्माननीय ज्यू समक्ष नैतिकताको आधारमा मन्त्रीपदबाट राजीनामा दिएको जानकारी गराउँछु’ उहाँले फेसबुकमा उल्लेख गर्नुभएको छ ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग बार्गेनिङ गरेको अडियो बुधबार सार्वजनिक भएको थियो ।अडियोमा मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लील शब्द समेत प्रयोग गर्नुभएको छ । त्यही अडियो प्रकरणले मन्त्री बाँस्कोटा सत्ताबाट बाहिरिनु परेको हो ।

रोकियो पत्रकार सम्मेलन
मन्त्री बाँस्कोटाको राजीनामापछि सरकारको निर्णय सार्वजना गर्न आयोजित बिशीबारको पत्रकार सम्मेलन रोकिएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न हरेक बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन हुँदै आएको थियो । मन्त्री बाँस्कोटाको राजीनामा पछि अन्योलमा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर