रुपन्देहीमा शुक्रबार साँझ जन्ती बस दुर्घटना भएको छ । र्दुघटनामा ७ जना घाइते भएका छन् । सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानीतर्फ जन्ती लिएर फर्किदै गर्दा भैरहवा लुम्बिनी सडक खण्डको रोडस्थित घाघरा पुल नजिकै बस दुर्घटना भएको हो ।

लु १ ख ८८०६ नम्बरको माइक्रोबस ओभर स्पीडका कारण सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

करीब ३० जना सवार उक्त बस ५ बजेर ३० मिनेट जाँदा दुर्घटनामा परेको हो, बसका चालक दुर्घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा लागेको छ । दुर्घटनामा परेका अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण दुर्घटनामा परेको घाइतेहरुको अवस्थाबारे विस्तृत विवरण आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय