मेष- कृषि चौपायाबाट फाइदा हुनेछ । मातृपक्षबाट सहयोग एवम मावली पक्षबाट राहत मिल्नेछ । साताको मध्यमा भने सरसामान हराउन सक्ने एवम अनावश्यक खर्चले तनाव ल्याउनेछ । यात्रामा ढिलासुस्ती एवम बाधा अड्चन आउनेछ । साताको अन्त्यमा भने पारिवारिक प्रेम बढ्ने एवम् प्रेमी प्रेमिकामा मेलमिलाप कायम रहनेछ।

वृष- राजनितीमा अवसर मिल्नेछ । ठुलाबडाले साथ दिने एवम् पद प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको स्तर बढ्नाले धनको सुख मिल्नेछ । अकश्मात लाभ हुने एवम् सवारी सुखमा वृद्धि हुनेछ । कृषि चौपायाबाट फाइदा एवम व्यापारमा लाभ मिल्नेछ । साताको अन्त्यमा भने काममा झमेला आउने, नमिठो खबर मिल्ने एवम स्वास्थ्यमा समस्या देखिनेछ ।

मिथुन- वैदेशिक काममा फाइदा मिल्नेछ । धर्मकर्ममा रुचि जाने एवम ठुलाबडाले आश्वासन दिनेछन् । काममा प्रगति देखिने एवम् नयाँ योजनामा सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्नाले सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको अन्त्यमा भने धनको सहयोग मिल्ने, व्यापारमा प्रशस्त लाभ हुने एवम् अन्न बालीबाट धन सञ्चय हुनेछ ।

कर्कट- काममा अपजस आउनेछ । स्वास्थ्यमा समस्या आउनाले काम अधुरो रहनेछ । साताको मध्यमा भने विदेशबाट फाइदा मिल्ने, धार्मिक यात्रा हुने एवम परोपकारको क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिल्ने, काममा प्रगति देखिने एवम् आफन्तले सहयोग गर्नेछन् ।

सिंह- वैवाहिक प्रसंग चल्नेछ । नयाँ ठाउँबाट प्रस्ताव आउने एवम् प्रेममा प्रगति देखिन्छ । साताको मध्यमा भने स्वास्थ्यमा प्रतिकुलता आउने एवम अचानक काम रोकिनेछ । काममा गडबडी हुनाले गालीगलौज मिल्न सक्नेछ । साताको अन्त्यमा भने विदेशबाट सुखद समाचार आउने, काममा प्रगति देखिने एवम भाग्यले साथ दिनेछ ।

कन्या- खेलकुद एवम मनोरञ्जनमा बढी समय बित्नेछ । स्वास्थ्यमा भने सुधार आउने तथा ऋणको भार कम हुनेछ । मावली पक्षबाट फाइदा एवम पशु चौयाया बाट लाभ हुनेछ । अरुको सहयोग मिल्नाले अधुरा कामहरु बन्नेछन् । साझेदारी व्यवसायमा नयाँ योजना बन्नेछ । साताको अन्त्यमा भने अपजसको समस्या हुने, ठुलाबडाले साथ छोडिदिने एवम् मित्रबाट धोका हुनेछ ।

तुला- अध्ययनको क्षेत्र बलियो बन्नेछ । आम्दानीको स्तर बढ्नाले धनको सञ्चय बढ्नेछ । मुद्दा मामिलामा प्रगति एवम विपक्षीको डर हटेर जानेछ । स्वास्थ्यमा सुधार आउने तथा नयाँ कामको थालनी हुनेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप वैदेशिक यात्रा एवम् नाता सम्बन्ध नयाँ बन्ने अवसर मिल्नेछ ।

वृश्चिक- घरायसी समस्यामा परिनेछ । आफन्तमा कुरा नमिल्नाले पारिवारिक द्वन्द बढ्नेछ । मानसिक अशान्ति एवम काममा रोकावट आउनाले योजना विफल हुनेछ । साताको मध्यमा भने आम्दानी बढ्नाले व्यापारमा सन्तुष्टि मिल्नेछ । अध्ययनमा रुचि जाने एवम कला संगीतमा प्रगति हुनेछ । खेलकुदमा रुचि बढ्ने तथा प्रतिस्पर्धामा जित हुनेछ ।

धनु- छोटो यात्राको तय हुनेछ । साथी भाइको सहयोग मिल्नाले काम छिटो बन्नेछ । साताको मध्यमा भने काममा झमेला एवम स्वास्थ्यमा समस्या आउनेछ । महिला वर्गसँग दुश्मनी एवम आफन्त तोडिनेछन् । साताको अन्त्यमा भने अध्ययनमा सफलता एवम सन्तानबाट सुख एवम शान्तिको अनुभव मिल्नेछ ।

मकर- बोली बचनले प्रभाव पार्नेछ । कुटुम्बसँग नयाँ सम्बन्ध बढ्ने एवम धनको कारोबारमा प्रगति हुनेछ । दाजुभाइले सहयोग गर्नेछन् एवम जिम्मेवारी थपिनाले काममा बोझ बढ्नेछ । साताको अन्त्यमा भने शंकाले समस्या ल्याउने, पारिवारिक द्वन्द बढ्ने एवम जग्गा जमिन एवम सम्पतिमा कलह आउनेछ ।

कुम्भ- साथी भाइसँग घुमघाम हुनेछ । मनोरञ्जनमा खर्च हुने एवम भ्रमणको अवसर आउनेछ । सेमिनार, गोष्ठीमा सहभागिता मिल्ने एवम नयाँ परिकारको स्वाद मिल्नेछ । धन सम्पत्तिमा सन्तुष्टि मिल्ने तथा काममा प्रगति हुनाले पुराना कामबाट फाइदा मिल्नेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन ुहने एवम नयाँ कामको योजना बन्नेछ ।

मीन- खर्चमा बृद्धि हुनेछ । स्वास्थ्यले प्रतिकुलता देखाउनेछ । अनावश्यक विवाद बढ्ने एवम धन सम्पति नोक्सानी हुनेछ । साताको मध्यमा भने परिवारको सुख मिल्ने, आफन्तमा मित्रता बढन्े एवम नयाँ साथीसँग भेटघाट हुनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा लाभ एवम साथीभाइको सहयोगले अधुरा काममा सफलता मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा / सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, जनता समाचार बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah