काठमाडौं, २५ बैशाखम । आजको छैठौं दिन स्थानीय निर्वाचनको पहिलो चरण सम्पन्न हुन गइरहेको छ । एमालेको लहर देखेर र कांग्रेस–माओवादी मिल्दा पनि एमालेलाई पछार्न नसकिने अनुमान भएपछि शेरबहादुर र प्रचण्डको मुहार मलिन देखिन थालेको छ ।

खासगरी राजदूत र न्यायाधीश नियुक्तीमा व्यापक धाँधली गरेका यी दुई नेताको इज्जत प्रधान न्यायाधीशमाथि महाभियोग लगाएपछि धुलिसात बनेको थियो ।

सर्वोच्च अदालतले सरकारको निर्णय र संसदको महाभियोगलाई यथास्थितिमा राख्न, कार्यान्वयन नगर्न र प्रधानन्यायाधीशलाई काममा तत्काल फर्कन दिएको निर्देशनपछि यी दुई सत्ताधारीको गठबन्धन जनस्तरमा नराम्ररी नांगिन पुगेको हो । जसका कारणले निर्वाचनमा एमालेलाई लाभ पुग्यो, कांग्रेस र माओवादी छायाँमा परेको अनुमान गरिएको छ ।

त्यसमाथि देउवाले प्रचण्डपुत्री रेणु दाहालका लागि चितवनको सुरक्षित क्षेत्रबाट युवा कांग्रेसीलाई बली चढाएपछि त कांग्रेसभित्र त्यसै पनि बिद्रोहको सुरुआत हुनपुगेको छ । त्यसमाथि रामचन्द्र पौडेलले देउवाविरुद्ध मोर्चा नै खोलिदिएका छन् ।

यता माओवादीभित्र पनि छोरी प्रेममा फसेका प्रचण्ड आधुनिक अन्धा धृतराष्ट्र हुन् भन्न थालिएपछि आसन्न निर्वाचनमा असफल हुने हो कि भनेर यी दुबै नेताको सातोपुत्लो उडेको छ ।

त्यसैले दुबै नेताको अनुहार कालोनिलो बनेको छ । अव यिनले निर्वाचन जित्नका लागि पहिलो चरणको निर्वाचन सारेर हरुवा गोरुको छेरुवा दाउ खेल्ने हुन् कि भन्ने आशंका पनि गर्न थालिएको छ ।

-न्यूज अभियान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah