वि.सं. २०७६ फागुन १२, सोमबार, इ.स. २०२० फेब्रुवरी २४, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० चिल्लाथ्व, फाल्गुण शुक्लपक्ष, प्रतिपदा, २१:५१ उप्रान्त द्वितीया, नक्षत्र– शतभिषा, १५:२४ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– शिव, ७:३२ बजेउप्रान्त सिद्ध। करण– किंस्तुघ्न, ८:५४ बजेदेखि वव, २१:५१ बजेउप्रान्त वालव, आनन्दादिमा अमृत योग, चन्द्रराशि– कुम्भ,सूर्योदय– ६:३६ बजे, सूर्यास्त– १८:०० बजे र दिनमान २८ घडी ९ पला। पञ्चक। ग्याल्पो लोसार।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,खर्च गरे अनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –नोकारीमा समस्या आउनेछ,विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –झुटा आरोप पनि लाग्नेछन्, कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,आजको शुभ अंक ९ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,संयम एवं बोलीको मधुरताले,सम्झना लायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,सामानहरू छुट्ने/हराउने सम्भावना छ, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ८ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आजको शुभ अंक ३ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,यात्रामा अवरोध हुने,आजको शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,सचेत रहनुहोस,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक ११ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, गोपनीयतामा ध्यान दिनुहोला,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,आजको शुभ अंक ८ रहेको छ। दिब्य ज्योतिष बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय