काठमाडौं, १४ फागुन । नेपालमा ज्योतिषीले दिएको साइतमा विवाह गर्ने प्रचलन छ । नेपाल पञ्चांग निर्णय समितिले निर्णय गरेपछि पञ्चांगकारहरुले आफ्नो पञ्चांगमा विवाहको साइत राख्ने गर्दछन् ।

२०७७ सालको नयाँ पात्रो बजारमा आइसकेको छ । बैशाख, जेठ, असार, मंसीर, माघ र फागुन महिनामा मात्रै विवाहको साइत दिइने गरिन्छ ।

तर २०७७ सालमा माघ र फागुन महिनामा विवाहको साइत छैन । वर्षभरिमा विवाह मुहुर्त जम्मा १८ दिन मात्रै छ भने ब्रतबन्ध मुहुर्त ४ दिन मात्रै छ ।

बैशाखमा विवाह मुहुर्त ७ दिन छ, जेठमा ४ दिन छ, असारमा ३ दिन र मंसिरमा ४ दिन छ । ब्रतबन्ध मुहुर्त बैशाखमा २ दिन, जेठ र असारमा १/१ दिन मात्रै छ ।

माघ र फागुनमा वृहस्पति अस्त र शुक्र अस्त हुनाले विवाह, ब्रतबन्ध जस्ता शुभकार्यको लागि कुनै पनि साइत निर्धारण गरिएको छैन । २०७७ सालमा बैशाख, जेठ, असार र मंसीरमा मात्रै विवाहका साइतहरु छन् ।

ब्रतबन्धको मुहुर्त बैशाख, जेठ र असारमा मात्रै छ । शुभकार्यका लागि शुभ ग्रहहरुमध्ये वृहस्पति र शुक्र अस्त भएको समय राम्रो मानिँदैन । यस्तो समयमा शुभकार्य बर्जित गरिएको छ ।

२०७७ सालमा माघ ४ देखि फागुन २ गतेसम्म वृहस्पति अस्त र माघ ३० गतेदेखि चैतको अन्त्यसम्म नै शुक्र अस्त हुनाले माघ र फागुनमा विवाहको कुनै पनि साइत निर्धारण गरिएको छैन । त्यस्तै चैतमा पनि ब्रतबन्धको कुनै साइत निर्धारण गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय