दाङ – दाङको बागरखोलामा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाकाे ज्यान गएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी १९ वर्षीय गौरव डाँगीकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अश्वाराबाट पश्चिमतर्फ गइरहेको रा ४ प १२७० नम्बरकाे मोटरसाइकल दङ्गीशरण गाउँपालिका ५ काे बागरखोलामा दुर्घटना भएकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा अमिलियामा ज्यान गएकाे तुलसीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) चक्रबहादर डमरपालले जानकारी दिनुभयाे ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।