लक्ष्मीनारायण बस्नेत / , के तपाईं कोरोनाकै कारण भिसा रद्द गरेर वा बिदा मिलाएर नेपाल जान लाग्नुभएको छ वा अलिक पछी जाम्ला भन्ने सोच्दै हुनुहुन्छ ? पख्नुहोस ! एकैछिन गहिरिएर सोच्नुस त ! कतै तपाईंले आफ्नो परिवार , छिमेकी ,समाज अनि देशलाई पनि सङ्कटमा त पार्दैहुनुहुन्न ?कोरियामा पनि चिनबाट आएकी एक महिलाको कारण नै स्थिति बिकराल हुनपुगेको हो !

भोली तपाईंको कारणले नेपालमा पनि स्थिति भयावह हुनसक्छ ! शरीरमा भाइरस प्रवेश गरेको १४ दिन पछि मात्रै लक्षण देखा पर्छ भनिन्छ !तपाईंले सतर्कता अपनाउदा अपनाउदै पनि तपाईं सङ्ग काम गर्ने साहु , कोरिएनहरु दैनिक बाहिरदेखी काममा आउछन् , उनीहरुको साथमा काम गर्दा तपाईंको शरीरमा पनि भाइरस प्रवेश गरेको हुनसक्छ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वा तपाईं नेपाल जादै गर्दा तपाईंले प्रयोग गर्नुभएको ट्याक्सी , बस , ट्रेन आदिका सिट , समाउने हत्ता तपाईं चडनु अघि भाइरस सङ्क्रमित ब्यक्तिले प्रयोग गरेको पनि हुनसक्छ ! धातु जन्य पदार्थमा १२ घन्टा सम्म भाइरस जिवित रहन सक्छ भनिएको छ र तपाईं नेपाल जादैगर्दा तपाईंको साथमा भाइरस पनि नेपाल भित्रीनसक्छ !

नेपाल देखी कोरिया आउने कामदार सरकारले रोकिसकेको छ तर तपाईंलाइ आफ्नो देश जान रोक्न मिल्दैन ! बुद्धि , विवेक र सावधानी तपाईंले अपनाउने हो ! कोरियामा उपचार निशुल्क हुन्छ तर नेपालमा पुगेर तपाईंलाइ लक्षण देखापर्ने बेला सम्म तपाईंले परिवार लगाएत सयौंलाइ कोरोना भाइरस सारिसक्नुभएको हुन्छ अनि नेपाल जस्तो गरिब देशको हालत के होला ?कल्पना मात्रै गर्नुहोस् त ! डराएर भाग्ने काम नगर्नुहोस् ! उसैपनी यो रोग बच्चालाई र बृद्धहरुलाइ खतरापूर्ण छ !

नआत्तिनुहोस केहि पनि हुँदैन ! तपाईंलाइ तपाईंको मनको डरले खाएको मात्रै हो ! सजग र सतर्क भएर आनन्दले काम गर्नुहोस ! नेपाल जाने मनसाय त्याग्नुहोस साथै नेपालमा रहनुहुने परिवारहरुले पनि यस्तो अवस्थामा घर आउन दवाब नदिनुहुन हार्दिक अनुरोध छ ! तपाईं एकजनाले गर्दा सिङ्गो परिवार नै धरापमा पर्न सक्छ !

अनि कोरियाली नेपाली समाजमा भ्रामक स्टाटस लेखेर डर , त्रास उत्पन्न गराउने बिनोद चपाइ नामको ब्यक्तिलाइ खोजी गरि यथासिघ्र कार्बाही गर्नुहुन नेपाली दूतावास दक्षिण कोरियालाइ पनि हार्दिक अनुरोध गर्दछु ! धन्यवाद !