दाङ । पूर्वसभामुख कृष्णबहादुर महरालाई दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकामा नागरिक अभिनन्दन गरिएको छ । बंगलाचुली जाने क्रममा महरालाई स्वतस्फूर्तरुपमा विभिन्न १० स्थानमा अभिनन्दन गरिएको थियो । त्यसक्रममा सर्वसाधारणहरुले आफूले जिताएर पठाएको अभिभावकलाई षडयन्त्रमा फसाएकोमा चिन्ता लागेको बताउँदै अब आफ्नो सामु पाउँदा हर्ष लागेको बताएका थिए । अब आफ्नो अभिभावक पाएपछि खुशी भएको बताउँदै जिल्लाको समग्र विकासका लागि हिजोजस्तै अब पनि प्रयास गर्न महरालाई आग्रह गरेका थिए ।