मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–अरूको सुझावप्रति शंका उब्जने समय छ,महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,गइसकेको धन फिर्ता हुन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ११ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,आजको शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,भौतिक साधन जोड्ने समय छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,आजको शुभ अंक ४ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,कीर्तिमानी काम गर्ने समय छ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ, परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आजको शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,आजको शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला,आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक ९ रहेको छ। दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय