गुल्मी, वैशाख २६ – सडक खन्ने काममा प्रयोग गरिरहेको एउटा एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेका छन् । निर्माणाधिन छल्दी-पनाहा-इन्द्रेगौडा सडकमा काम गरिरहेको बा २ क ५१६५ नम्बरको एक्साभेटरमा सोमबार राति आगजनी भएको हो ।

इस्मा गाउँपालिका-२ रातचौर भन्ने स्थानमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनु भएको छ ।

सोमबार राति १ बजेतिर सडकमा रोकिराखेको एक्साभेटरमा आगजनी हुँदा एक्साभेटरको इन्जीन जलेर नष्ट भएको प्रहरी जनाएको छ । निर्माणाधिन सडकमा कालिका कन्ट्रक्सन काठमाडौंले सडक निर्माणको जिम्मा लिएको थियो । आगजनी गर्ने ब्यक्तिको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनु भएको छ ।

आगजनीबाट एक्साभेटर काम नलाग्ने भएको कालिका कन्ट्रक्सन काठमाडौंका इन्जिनियर नबिन सापकोटाले बताउनु भयो । सडक चौडा पार्ने तथा नाली र ग्राभेल गर्नका निम्ती झण्डै ६ महिना अघिदेखि सडक निर्माण गर्दै आएको इन्जिनियर सापकोटाले बतानुभयो ।  

-उज्यालो बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah