काठमाण्डौ,२६ वैशाख । सार्वजनिक ऐन मिचेर क्याविनेटको निर्णय गराएर भारु ६५ मा साँढे २ अर्वको लेड बल्ब किन्ने र महशूल तिर्न आउने ग्राहकलाई वितरण गर्ने योजनाले ख्यातिको शिखरमा पुगेका प्राधिकरणका कार्यकारी कूलमान चिप्लिएर मैदानमा आइपुगेका छन् । अरु दलदलमा नफसुन, नभासियुन्, कूल्मानजी यसो गरे कसो होला ?
पहिले चौधरी ग्रुपले पानोसोनिक रेडियोको सबै पार्टस जापानबाट मगाएर एसम्बल उद्योग चलाएर ५ सयलाई रोजगारी दिएको थियो । त्यस्तै गरेर भारतमा बनेको चाइनिज लेड बल्ब खरिद गर्ने निर्णयमा देखिएको भ्रष्टाचारको भल्ब पनि छोपिने, एकमहिनाको तालिम दिएर हजार जनालाई रोजगारी पनि दिन सकिने गरी नेपालमै लेड बल्ब एसम्बल उद्योग खडा गर्न सकिने जानकारी एक चिनियाँ उद्यमीले दिएका छन् ।
त्यसो गर्ने हो भने पत्रकार सम्मलेन गरेर कूलमान घिसिङजस्ता जनताका प्यारा कर्मचारीले पत्रकार सम्मेलन गरेर आँसु झार्न, भ्रष्टाचार गरेको भए झुण्ड्याउनु भन्न र कसैले भ्रष्टाचार प्रमाणित गर्छ भने देशै छाड्छु भनेर कसम खानु पर्दैनथ्यो कूलमानजी ।
श्रीलंकाले पनि भारतबाटै भारु ६५ मा लेड बल्ब खरिद गर्ने निर्णय गरेको खुलासा पनि उर्जामन्त्रीले गराएका छन् । १ सय ३५ पर्ने लेड बल्ब नेपालले सस्तोमा किन्न लागेको हल्ला गर्न थराउन थालेका छन् । यसो बुज्ने पो हो कि ? न्यूज अभियान डट कम सभार



