नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेलाई मत दिन सबैसंग आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगर र अन्य नगरपालिकामा पार्टीबाट खटिने स्वयम्सेवकको भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले राष्ट्रियता, एकता, आर्थिक समृद्धि, छिमेकीसँगको सन्तुलित सम्बन्ध र प्रतिकूल अवस्थामा पनि काम गर्ने कुशलता भएका कारण एमालेलाई मत दिन आग्रह गर्नुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो– “राम्रोसँग जनतामा नपुगेकाहरुले एमाले जित्दैन भन्न सक्छन्, त्यस्तो भन्नेहरु जनतामा पुगेका छैनन् भनेर बुझ्नुस्, घरमा अक्षता खेलाएर बस्नेलाई मत परिणाम थाहा हुँदैन्, एमालेबाहेक अरूले जित्नुपर्ने कारण नै छैन् भन्नुभयो ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले आविष्कारक पार्टी हो, यसले विकासका कुरा गर्दा पढेलेखेका तिरमिराउने गरेको बताउँदै उहाँले निर्वाचनमा नम्रताका साथ अघि बढ्न स्वयम्सेवकलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले स्वयम्सेवक भएर मादकपदार्थ सेवन गरेको पाइएमा पार्टी सङ्गठनबाटै तत्काल कारबाही गरिने पनि स्पष्ट पार्नुभयो । रासस