काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) संक्रमणको त्रासबीच प्रशासनको आग्रहअनुसार यसपालिको होली शान्त रुपमा मनाइँदै छ । पहिले पहिले जबरजस्ती र पानीका लोला हान्ने गरिए पनि यस पटक निकै सौहार्दपूर्ण रुपमा नजिकका चिनेका मान्छेबीच मात्रै सामान्य रङ दलेर होली पर्व मनाइँदैछ ।

काठमाडौंको वसन्तपुरमा विदेशी पर्यटकहरुमा मास्क लगाएर होली खेलिरहेका छन् । स्थानीय सर्वसाधारण पनि मास्क लगाएर ‘ह्याप्पी होली’ भन्दै एक अर्कालाई रङ लगाइदिएर शुभकामना आदानप्रदान गरिरहेका छन् । वसन्तपुरमा गत वर्षभन्दा यसपालि निकै कम मानिसको उपस्थिति रहेको छ । यसपालि म्युजिक सिस्टम पनि घन्काइएको छैन । कान्तिपुर दैनिक बाट साभार गरिएको

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड