धादिङ- वैशाख ३१ गते हुने निर्वाचन प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ। तर निर्वाचन आचार संहिता अटेर गर्दै राप्रपाका नेताहरु हेलिकप्टर चार्टर गरेर चुनावी सभा गर्न सोमबार धादिङको रुवीभ्याली पुगेका छन्।

                राप्रपाले रुवीभ्याली गाउँपालिकाको लापामा आयोजना गरेको चुनावीसभामा सहभागी हुन राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रिय सदस्य कोमल ओली, केन्द्रिय सदस्य एवं संचार विभाग प्रमुख रविन चाम्लिङ लगायतका नेताहरु हेलिकप्टर चार्टर गरेर गएका हुन्।

कोमल ओली र रविन चामलिङले फोटो सामाजिक संजालमा सार्वजनिक गरेपछि हेलिकप्टर चार्टर गरेर चुनावी सभामा पुगेको थाहा भएको हो । उनीहरु हेलिकप्टर लिएर कार्यक्रम स्थल (लापा मावि) पुगेका थिए । हेलिकप्टर चार्टर गरेर त्यहाँ पुगेका राप्रपा नेताहरु लापा माध्यामिक विद्यालयमा चुनावी सभामा सहभागी भए।

                चुनावी सभालाई सम्बोधन गर्दै नेता तामाङले आफ्नो उम्मेद्वारले जितेको खण्डमा १ वर्ष भित्र लापामा सडक जोड्ने र सुविधा सम्पन्न अस्पताल बनाउने तथा विद्यालयमा सबै विद्यार्थीहरुलाई निशुल्क अध्ययन गर्न पाउने सुविधा दिने समेत घोषणा गरे।

                रुवीभ्याली गाउँपालिकाको प्रमुखमा केरुङ तामाङ र उपप्रमुखमा विना तामाङ राप्रपाका उम्मेदवार छन्। विद्यालय प्राङ्गढमा आयोजित कार्यक्रममा गायिका समेतको नामले परिचित नेत्री कोमल ओलीले चुनावी गीत समेत गाउन भ्याइन्।

                प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले यसअघि पटक पटक निर्वाचन आयोगले बाहेक अरुले हेलिकप्टरको प्रयोग गर्न नपाउने जानकारी गराउँदै प्रयोग गर्नै पर्ने अवस्था आए निर्वाचन आयोगसंग स्वीकृति लिन आग्रह गर्दै आएका छन्।

                निर्वाचन आचारसंहिता अनुसार स्थानीय तहका उमेदवार र मन्त्रीले पनि निर्वाचन प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न पाइदैन। विद्यालय प्राङगणमा चुनावी सभाको आयोजना गर्नु निर्वाचन आचार संहिता विपरित हो।

हेलिकप्टर प्रयोग गरेर विद्यालय प्राङ्गणमा आयोजित चुनावी सभामा सहभागी भई कार्यकर्तालाई निर्देशन गराएर फर्किएका राप्रपा उपाध्यक्ष तामाङले भने स्थानीयले चार्टर गरेको हेलिकप्टरमा आफुसंगै गएको प्रतिक्रिया दिए। ‘म उम्मेदवार हैन, सरकारी मान्छे पनि हैन, कसैले कतै जाम भन्यो भने जान मिल्छ त्यसैले हामी संगै गएका हौं’ उनले भने।

                आफ्नो गृह जिल्ला र आफु जन्मिएको गाउँपालिकामा गाडी नपुग्ने भएकोले अरुले नै बुक गरेको हेलिकप्टरमा चढेर कार्यक्रममा सहभागी हुन पुगेको उनले बताए।  नागरिकन्युजमा खबर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah