काठमाडौंः होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ६५ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट ७ युवतीसहित ६५ जनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि रहेका काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् ।
पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने बोगटीले जनाए ।










