मोरङ । विराटनगर महानगरपालिका १२ मलङवाका ७२ वर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी आफ्नै ७० बर्षीया श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् ।

सोमवार साँझ ५ बजेको समयमा घरायसी विवाद हुँदा आवेगमा आई परणले श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा सगुत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर परणलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय