केबि महरा/ काठमाडौ
मुलुकको केन्द्रिय राजधानी काठमाडौका ब्यस्त सडकमा जेब्राक्रसिङ्ग छैनन् भन्दा अचम्म लाग्न सक्छ तर काठमाडौ प्राय सडकमा बाटो काट्न प्रयाप्त जेब्राक्रसिङ्गको असुबिधा हुँदा पैदलयात्रुहरु जोखिम मोलेर बाटो काट्न बाध्री छन् ।
केही दिन अघि मात्र काठमाडौको प्रमुख प्रवेश द्वार मानिने कलंकी चोकमा एक मालबाहक ट्रक ब्रेकफेल हुँदा अनपेक्षित क्षति हुन पुगेको थियो ।
उसोत राजधानीका अधिकांश शहरहरुमा सडक सवारिका लागि न्युनतम सावधानी समेत छैन । बेलाबखत हुने तेस्ता घटनाभने प्रतिनिधि घटना मात्र हुन् । अब्यबस्थित यातायात र प्रयाप्त सवारी सचेतना नहुँदा बर्सेनि सैयौँको अकालमै ज्यान जानेगरेको तथ्यांक बेलाबखत ट्राफिक प्रहरिले प्रस्तुत गर्ने आँकडाले समेत छर्लङ्ग पारेको छ ।
तर ट्राफिक प्रहरी र सडक बिभागको प्रयाप्त सम्मन्वय हुन नसक्दा हरेकदिन हिँडडुल गर्ने पैदलयात्रुहरु जोखिमपुर्ण आवतजावत गर्न बाध्य छन् ।
काठमाडौका प्रमुख शहरहरुमा समेत पैदल यात्रुहरुकालागी सामान्य ट्राफिक चिन्ह जेब्राक्रसिङ्ग समेत नहुँदा महानगरपालिकाको स्मार्ट सिटि कार्यान्वयनको सपना केवल सपनामै सिमित नरहला भन्न सकिन्न ।
साम्भावित घटनाबाट वचन तथा जोखिम न्यूनीकरणका लागि सरोकार निकायहरुले समयमै ध्यान पुर्याउने कि ?










