दूर्घटना न्यूनिकरण र रक्तदान अभियानलाइ संगै लगेको जिबनचक्र समाज नेपाल तेश्रो बर्षमा प्रवेस गरेको छ । समाजले सडक दूर्घटनामा तीन बर्षको अवधिमा महत्वपूर्ण भूमिका खेलेको छ । समाजका अध्यक्ष गणेश गौतमका अनुसार सडक दूर्घटना न्यूनिकरणका लागि सबै जागरुप हुनु पर्ने जनाउदै सानो लापरवाहीले ज्यानै जाने अवस्था आउने भएकाले यस बिषयमा सचेतना जोगाउन सचेत युवाहरुको जमात यस संस्था गठन गरेको हो ।

सडक दूर्घटना न्यूनिकरणसंगै रगतको अभावले कसैको् पनि ज्यान नजाओस भनेर रक्तदान अभियानमा पनि समाजले महत्वपूर्ण भुमिका खेल्दै आएको छ । सडक दूर्घटना र रक्तदानको बिषयमा आफूहरुले बिशेष अभियान शुरु गरेको गौतम बताउछन् । अन्य सामाजिक बिकृती र समस्याको बिषयमा पनि आउदा दिनहरुमा आफूहरु लाग्ने उनले जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दिनेशचन्द्र अधिकारीले जिबनचक्र समाज नेपालले दूर्घटना न्यूनिकरणका लागि दमक र आसपासमा महत्वपूर्ण भूमिका खेलेको बताए । सबै क्षेत्र यसरी लागेमा दूर्घटनामा कमी आउने उनको भनाइ रहेको छ । उनले नागरिक सचेतनाले मात्र दूर्घटना न्यूनिकरण सम्भव भएको जनाए । सामाजिक अभियान्ता तथा पाथिभरा चलचित्र मन्दिरका प्रमुख चैतन्य बरालले जिबनचक्र नेपालको तेश्रो बर्ष प्रवेसको अवसरमा उत्कृष्ठ दूर्घटना न्यूनिकरण सम्बन्धि लेख लेख्ने बिद्यार्थीलाइ पुरुस्कारको घोषणा समेत गरेकाछन् ।

मंगलवार बिहान आस्था कलेजमा भएको कार्यक्रममा उनले यस्तो घोषणा गरेकाहुन् । पत्रकार टिकारा उप्रेती जिबनचक्र नेपालले दूर्घटना न्यूनिकरणका लागि खेलेको भूमिकाको बिषयमा प्रशंशा गरेकाछन् । उनले यसरी नै सबै लाग्नु पर्नेमा जोड दिए ।