बैशाख । निर्वाचन सामग्रीसहित कास्कीमा १७ सयभन्दा बढी कर्मचारी स्थानीय चुनावमा खटिएका छन् ।

वैशाख ३१ गते हुन लागेको चुनावमा मतपत्र, पटपेटिका, अनुसूची फारम, निर्वाचन सामग्री लगायत बोकेर कास्कीका ५ स्थानीय तहमा बुधबार १७ सय २३ कर्मचारी मतदान केन्द्र पुग्दै छन् ।

५ सयभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा ६ जना र ५ सयभन्दा कम मतदाता रहेका केन्द्रमा ५ जनाका दरले कर्मचारी तोकिएको छ । ‘मंगलबार ४ गाउँपालिकाका अधिकांश केन्द्रमा कर्मचारीले नियुक्तिसहित निर्वाचन सामग्री बोकेर मतदान केन्द्र हिँडेका छन् ।

बुधबारसम्म पोखरा लेखनाथ महानगरपालिकाका सबैजसो केन्द्रमा कर्मचारी खटिइसक्नेछन्,’ क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले भने । मंगलबार ४ गाउँपालिकाका ६५ निर्वाचन केन्द्रमा निर्वाचन सामग्री पुगिसकेको छ ।

५ सयभन्दा बढी मतदाता रहेका केन्द्रमा १ मतदान अधिकृत, २ सहायक मतदान अधिकृत, २ सहायक कर्मचारी र २ सहयोगी कर्मचारी रहनेछन् । ५ सयभन्दा कम मतदाता रहेका केन्द्रमा १ जना सहयोगी कर्मचारी कम हुनेछन् । कास्कीमा २ सय ८८ मतदान केन्द्र छन् ।

त्यसमध्ये २ सय ८३ मतदान केन्द्रमा ६ जनाका दरले १ हजार ६ सय ९८ कर्मचारी खटिएका छन् भने ५ मतदान केन्द्रमा ५ जनाका दरले २५ जना कर्मचारी निर्वाचन गराउन मतदान केन्द्र पुग्दै छन् ।

सबैभन्दा धेरै पोखरा महानगरपालिकामा २ सय १० मतदान केन्द्र छन् । यस्तैमा मादी गाउँपालिकामा २१, अन्नपूर्णमा २१, माछापुच्छ्रेमा  २१ र रुपा गाउँपालिकामा १५ मतदान केन्द्र छन् । जसअन्तर्गत पोखरा महानगरपालिकामा १ हजार २ सय ५८, मादी गाउँपालिकामा १ सय २३, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा समान १ सय २६ र रुपा गाउँपालिकामा ९० कर्मचारी निर्वाचन गराउन बुधबार मतदान केन्द्र पुग्दै छन् ।

महानगरमा १ प्रमुख, १ उपप्रमुख, ४ गाउँपालिकामा ४ अध्यक्ष र ४ उपाध्यक्ष, महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १ सय ४४ वडा सदस्य, ७२ महिला सदस्य र ७२ दलित महिला सदस्य वैशाख ३१ गतेको निर्वाचनले स्थानीय तहमा पुग्दैछन् भने नगरसभा र गाउँसभाबाट ११ जना दलित र अल्पसंख्यक मनोनित हुनेछन् । वैशाख २८ देखि ३० गतेभित्र मतदान केन्द्रबाट निर्वाचन परिचयपत्र लिन निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

यस्तो हुनेछ मतदान केन्द्र
मतदान अधिकृतको नेतृत्वमा ५ मतदान केन्द्रमा ५ जना र २ सय ८३ मतदान केन्द्रमा ६ जना कर्मचारी खटिने छन् । केन्द्रमा राजनीतिक दलको समन्वयमा स्वयंसेवकसमेत राखिने छन् ।

मतदान केन्द्रमा ६७ किसिमका सामान प्रयोग हुँदै छन् । बुथमा मतदानका लागि मतदाता नामावली, मतपत्र, भोट हाल्न स्वस्तिक छाप, मसी, मतपेटिका, मतदान सकिएपछि मतपेटिका बन्द गर्न लाहा, त्यसलाई बाँध्ने डोरी, मैनबत्ती, कागज टाँस्ने ग्लुस्टिक, डोरी काट्न कैंची वा ब्लेड, सुरक्षण सिल, मतपेटिका हाल्न कपडाको थैलो, थैलो बन्द गर्न सियोधागो लगायतका निर्वाचन सामग्री मतदान केन्द्रमा हुनेछन् ।

बोरा सिलाउन सियो, नामावली रुजु गर्न डटपेन, कागजी तथ्यांक संकलन गर्न स्ट्याप्लर, स्ट्याप्लर पिन, नाप्ने टेप, लाइटर, सलाई, टर्च लाइट, झोला, प्राथमिक उपचारका सामान र औषधी, प्लास्टिकका थैला, बोरा, कपडा, नउड्ने मसीलगायत मतदान केन्द्रमा हुन्छ ।

वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । बुथबाट बेलुकी ५ बजे निर्वाचन सकिएपछि मतपेटिका गाउँ वा नगरपालिका केन्द्रसम्म पुर्‍याइने र मतगणना गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । न्यूज अभियान बाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah