वैशाख । स्थानीय निकायको निर्वाचनमा खटिएका नेकपा एमालेका युवा कार्यकर्ता कुलबहादुर तामाङको हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

गएराति गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा एमाले वडा सदस्य उम्मेदवार गोरेबहादुर तामाङका छोरा कुलबहादुरको ज्यान गएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटना भएको १४ घण्टापछि प्रहरीले संकास्पद ८ जनालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । उनीहरुको नाम सार्वजनिक गरिएको छैन् ।

प्रहरी स्रोतका अनुसार उनीहरु माओवादी केन्द्रका कार्यकर्ता हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।