रुपन्देहीको देवदहमा दुई टिपर आपसमा ठोक्किदा एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देवदह नगरपालिका–९ पाँचनम्बर डाँडा भन्ने स्थानमा बुटवलतर्फ आउँदै गरेको लु१ख २५८४ नंको टिपर र बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको लु२ख १२१८ नंको टिपर सोही दिशातर्फ जाँदै गरेको बा२०च ५५१६ नंको कारमा ठक्कर खाँदा एकजना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा लु१ख २५८४ नंको टिप्पर चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बस्ने ३७ वर्षीय अलेशकुमार यादव घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर फुयाँलले जानकारी दिए। रासस