तपाईंले ख्याल गर्नुभयो, आज एनटीसीका सबै मोबाइलमा फोन गर्दा एउटै कलर रिङ ब्याक टोन बजिरहेको छ ।

यो उपभोक्ता आफैंले राखेको रिङ ब्याक टोन भने होइन । नेपाल टेलिकमले कोभिड– १९ (कोरोना भाइरस)विरुद्ध सचेतना फैलाउनका लागि अटोमेटिक बज्ने गरी सिस्टम राखेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसबाट कोरोनाबारे सर्वसाधारण नागरिक सुसूचित हुने टेलिकमको विश्वास छ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई यस्तो सुझाव दिएका थिए ।

हिजोदेखि सामाजिक सञ्जाल फेसबूक र ट्विटरमा पनि नाम परिवर्तन गरेर ‘नियमित हात धुने बानी बसालौं’ भन्ने नाम राख्न शुरू भएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाविरुद्ध जनचेतना जगाउन सामाजिक सञ्जालमा नाम परिवर्तन गरेका छन् ।

के बज्छ ?

कोभिड १९ का लक्षणहरू ज्वरो आउने, थकाई लाग्ने र सुख्खा खोकी लाग्ने हुन् । यसबाट आफू बच्नका लागि सुरक्षित स्यानिटाइजर प्रयोग गर्नुहोस् र साबुन पानीले हात धुनुहोस् । खोक्दा वा हाछ्युँ गर्दा टिस्यु पेपरले मुख छोप्नुहोस् । भीडभाड मास्क लगाउनुहोस् र खोकिरहेको व्यक्तिबाट ३ फिटको दूरीमा रहनुहोस् । यदि यस्तो लक्षण देखिएमा तुरुन्त स्थानीय स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुहोस् ।