नेपाली सेनाले हात सफा गर्ने ‘स्वयम्भुनाथ’ स्यानिटाइजर बनाएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न प्रयोग गरिने स्यानिटाइजर ‘स्वयम्भुनाथ’ आफैंले उत्पादन गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे लोकान्तरलाई बताए ।
‘हामीले आफूहरूले प्रयोग गर्नको लागि सेनाभित्रकै स्यानिटाइजर प्रयोगमा ल्याएका छौं । यसको नाम ‘स्वयम्भुनाथ’ राखेका छौं,’ प्रवक्ता पाण्डेले भने ।
विपद्को बेला सेनाले प्रयोग गर्ने मास्क पनि उत्पादन गरिरहेको शर्माले बताए । सेनाभित्र प्रयोगका लागि स्यानिटाइजर र मास्क अभाव हुन नदिने सेनाले जनाएको छ ।










