वैशाख। मन्त्री एबं नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमालेलाई घुमाउरो भाषामा चेतावनी थमाएकाछन् ।
कांग्रेसले स्थानिय निर्वाचन प्रति सम्यम्ता अपनाईरहेको समयमा प्रतिपक्षमा रहेको एमालेले उदण्डता देखाएको भन्दै आक्रोस ब्यक्त गरेकाहुन् ।
कांग्रेस चुनाव प्रचार उप-समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेलाई निर्वाचनमा जिम्मेवार बन्न सुझाव दिदैँ प्रदेश र केन्द्रको चुनावमा पनि नेकपा एमाले प्रतिपक्षमै रहने बताएका हुन् ।
थापाले भने एमाले तत्काल सरकारमा सहभागी हुने सम्भावना पनि छैन् । ‘सरकार बनाउनलाई अंक गणित पनि मिल्नुपर्छ ,रहर गरेर हुदैँन। सांसद पनि चाहिन्छ,’ थापाले एमालेलाई भने, ‘दुःखका साथ भन्नुपर्छ तपाईंहरुले यो चुनावमात्र होइन, प्रदेश र त्यस पछाडिका चुनावमा पनि प्रतिपक्षको रुपमा चुनावमा भाग लिनुपर्छ । चित्त नदुखाउनुहोला समेत भन्न भ्याएकाछन् ।’
हाम्रा नेता कार्यकर्तामा आक्रमण गर्दा विचार पुर्याउनुस् । कांग्रेसको मौनतालाई निरिहता नठान्नुहोला ? उनले कडा शैलीमा जवाफ दिएकाछन् । यसै बिच कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने स्थानीय तहको निर्वाचनको पहिलो चरणमा चुनाव हुने स्थानीय निकायहरुमा आफ्नो पक्षमा चुनावी लहर आएको छ । “संविधान निर्माण गरेर आएको पार्टीलाई भोट दिनुस” भन्ने उम्मेदवार र कार्यकर्ताहरुको पुकारलाई मतदाताले विश्वास गरेको उल्लेख गर्दै उनले भने, “ स्थानीय, प्रादेशिक र संघीय निर्वाचनकोे दायित्व कांग्रेसले मात्र पूरा गर्दछ भन्ने कुरामा मतदाता निकै विश्वस्त देखिन्छन।”
उहाँले नेपाली कांग्रेसका उम्मेदवार र कार्यकर्ताले स्थानीय जनताका अधिकार, स्थानीय स्रोत साधन र स्थानीय विकासमा नै आफ्नो ध्यान केन्द्रित गरेको पनि बताए । नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन हुने जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कदमले स्थानीय तहमा पार्टीलाई समग्र परिचालन गर्न निकै सहयोग पुगेको पनि उल्लेख गरे। न्युज अभियान बाट सभार



