कोरोना भाइसरका कारण विश्वमा महामारीको रुपमा फैलिएर हालसम्म १० हजारबढीको मृत्यु भइसकेको छ । नेपालमा भाइरस आउँन नदिन सरकारले उच्च सर्तकता अप्नाउन शुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै सर्तक रहन आग्रह गरेका छन् । उनले कोरोना नियन्त्रणका लागि सरकारले सबै उपाय अवलम्बन गर्ने बताइसकेका छन् । कोरोना भाइसका विषयमा गलत हल्लाको पछि नलागि यसबाट कसरी बच्ने भन्ने विषयमा ध्यान दिन जरुरी छ । यस्ता छन् यसका लक्षण र यसरी बच्न सकिन्छ –

भाइरसका लक्षणहरु–

यो भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरु देखा पर्छन्। रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो। यो भाइरसको संक्रमण बढ्दै गएपछि मानिसमा निमोनिया देखिन्छ। निमोनियाकै कारण मानिसको मृत्यु हुन्छ।

कसरी सर्छ ?

यो भाइरस पनि अन्य सामान्य रुघाखोकीजस्तै श्वासप्रश्वासको माध्यमबाट सर्छ। तर, यसको सर्ने तरिबारे यकिन पनि हुन भने सकेको छैन। अझै यो भाइरस कसरी सर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ। यसको पूर्ण विवरण आएपछि मात्र यो भाइरस कसरी सर्छ भन्ने थाहा पाउन सकिन्छ।

यो भाइरस संक्रमितको सम्पर्कले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा यसको संक्रमण हुने अनुसन्धानले देखाइसकेको छ। अहिले भाइरसबाट ज्यान जानेहरुमा अधिकांश वयवृद्ध र पहिला नै कुनै स्वास्थ्य समस्या रहेका व्यक्तिहरु रहेको पनि बताइएको छ।

बच्न के गर्ने ?

अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन। यो भाइरसले आक्रमण हुनुभन्दा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने तरिका हो। तर, यो भाइरस अत्यधिक तीव्र गतिमा फैलिरहेकाले पनि चिन्ता बढ्दो छ।

यो भाइरसबाट बच्न यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो। त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बाहिरबाट आएपछि राम्रोसँग साबुन पानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिन्छ।

यो भाइरस लागिहालेको खण्डमा सामान्य रुघाखोकीजस्तै पर्याप्त मात्रामा रसिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाह अनुसार यसलाई रोकथाम गर्ने औषधि खानुपर्छ।

साथै यो भाइरसबाट बच्न कुनै विशेष किसिमको मास्क नै आवश्यक नरहेको बताएको छ। सामान्य मास्कबाट नै यो भाइरसलाई रोक्न सकिन्छ। साथै, नियमित व्यायाम गर्न र भीडभाडमा आवश्यक परेको खण्डमा मात्र जाने र अस्वस्थ महशुस भए तत्काल चिकित्सककोमा जान सुझाव दिइएको छ। त्यसका साथै विना काम जनावर पालिएको स्थानमा जाने र उनीहरुलाई नचलाउन पनि सुझाव दिइएको छ।

यसो गरेको खण्डमा यो भाइरसले आक्रमण गर्ने जोखिम पनि कम हुन्छ। अहिले यो भाइरसको लागि औषधि निर्माणको लागि वैज्ञानिकहरुको टोलीले काम गरिरहेको छ। यो औषधि निर्माणको लागि तीन महिनाको समय लाग्नसक्ने अनुमान गरिएको छ। त्यसैले अहिले तत्काल यसको समाधान आउने सम्भावना पनि कम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय