दमक/ झापाको दमकस्थित बालुवाटारको जग्गाको बिषयमा अदालतमा मुद्धा दर्ता भएपछि सार्वजनिक रुपमा नदेखिएका गगन पुरी सार्वजनिक कार्यक्रममा देखा पर्न थालेकाछन् । प्रभावकारी न्यूजमा खबर रहेको छ
जिल्ला अदालत झापाले सामान्य धरौटीमा पुरीलाइ छाड्न आदेशपछि शुक्रबारदेखि उनि ढुक्कका साथ दमक बस्न थालेकाछन् ।
प्रहरीले फरार सूचिमा राखेर खोजेको बताएपनि उनि दमकमा नै र दमक बाहिर आफन्तकोमा बस्दै आएका थिए ।
पुरी आइतवार युवा संघ झापाले दमक बसपार्कमा माक्स वितरण कार्यक्रममा देखा परेकाहुन् । उनि शुक्रबारदेखि नै आफन्त तथा शुभेच्छुकसंग भेटघाट गर्दै आएकाछन् ।
आफुलाइ लगाएको मुद्धा र आरोपबारे उनले प्रतिक्रिया दिने पनि जनाएकाछन् । उनले आइतवार बेलुका फेसबुकमा एक स्टाटस लेख्दै भनेकाछन्-
आदरणीय महानुभाबहरु मेरा बारेमा यो बिचमा गरिएका अनर्गल प्रचार बारे मैले आफ्नो धारणा सार्बजनिक गर्नै पर्छ र गर्छु पनि तर कोरोना भाइरसको समस्यालाइ मध्यनजर गर्दै तत्काल मैले पत्रकार सम्मेलन नगर्ने निर्णयमा पुगेको छु। अनुकुल भए पछि म आफ्नो विषय सार्बजनिक गर्नेछु। धन्यबाद ।










