बिगतदेखि नै मकवानपुर जिल्लामा आफ्नो किल्ला स्थापना गरेको नेकपा एमालेले मकवानपुरका १० वटै स्थानीय तहमा निर्बाचन जित्ने लक्ष्य तय गरेको छ । दुई लाख २८ हजार ९ सय २७ जना मतदाता रहेको मकवानपुरमा २०६४ सालको संबिधानसभा चुनाब अगाडि सबै क्षेत्रमा बिजयीको झण्डा फहराएको थियो । ०६४ को चुनाबमा ४ वटै क्षेत्र गुमाएको एमालेले ७० को संबिधानसभामा भने ३ वटा क्षेत्र फर्काउन सफल भएको थियो ।

बिगतमा भएका स्थानीय तहका निर्बाचनमा एमालेले आफ्नो दरिलो पकड जमाएको थियो । सांगठनिक र अन्य गतिविधिमा पनि मकवानपुरमा एमाले अग्रपंक्तिमा छ भने काँग्रेस, राप्रपा र माओबादी केन्द्रको अवस्था यसै हो भन्ने नभएको स्थानीयको बुझाई छ । १० वटा स्थानीय तह र १ सय २ वटा वडाहरुमा ९० प्रतिशत भन्दा बढी स्थानमा आफूहरुले जित्ने एमाले मकवानपुरका अध्यक्ष मनु सिग्देलको विश्वास छ । संबिधानसभा, संसदीय निर्वाचन तथा स्थानीय निर्वाचनमा आफ्नो एकछत्र राज गर्दै आएको एमालेले अहिले पनि आफूलाई अब्बल साबित गर्ने उनको भनाई छ ।

२ पटक उपमेयर भएर हेटौंडा नगरपालिका हाँकेका हरिबल (हरिबहादुर) महतलाई एमालेले मेयर पदमा उमेद्वार बनाएको छ । महत आफ्नो जीत सुनिश्चित भएको बताउँछन् । एमालेको सचिबालय सदस्य समेत रहेका महत सार्वजानिक काममा पार्टी भन्दा माथि उठेर खट्ने नेताका रुपमा परिचित छन् । बिगतमा नगरपालिकाको कामलाई नमुना रुपमा अगाडि बढाएकाले पनि उनको पल्ला भारी देखिन्छ ।  हेटौंडामा अन्य दलले गरेको तालमेलले एमालेलाई केहि फरक नपर्ने एमाले जिल्ला अध्यक्ष सिग्देलले बताइन् । बिगतदेखि नै हेटौंडामा अन्य दलले एमाले विरुद्ध गठबन्धन बनाएका थिए । ‘पहिले पनि एमाले विरुद्ध अरुले तालमेल गरेका थिए, हामीले नै जित्यौं’ सिग्देलले भनिन्, ‘यसपटक झन् एमालेको लोकप्रियतासँग अरु आत्तिएका छन्, उनीहरुको तालमेल स्वाभाविक हो । अरुको तालमेलले हामीलाई केही फरक पार्दैन, एमालेले नै जित्छ ।’

 ०६४ सालको संविधानसभा निर्वाचनमा मकवानपुरका ४ वटै क्षोत्र गुमाएको एमालेले ०७०को संविधानसभा निर्वाचनमा एक नम्बर क्षेत्र मात्र गुमाएको थियो । महतले हेटौंडा नगरीलाई औद्योगिक र आर्थिक केन्द्रको उत्कृष्ट नगरी बनाइने बताए । एमालेले घोषणा पत्रमा उल्लेख गरेका धेरै कुराहरुलाई उच्च प्राथमिकताका साथ काम गरिने पनि उनको भनाई छ । यस नगरका बेरोजगार युवाहरुलाई रोजगार बनाउनका लागि आर्थिक विकाश अहिलेको आबश्यकता रहेको उनले बताए । हेटौंडालाई सुन्दर, सफा र प्रदुषणमुक्त शहर बनाईने उनले बताए । बिशेषगरी सुरुङमार्ग निर्माणका लागि आफ्नो ध्यान जाने बताउँदै उनले जिल्लाको समग्र पर्यटकीय विकाशका लागि सुरुङमार्ग पहिलो एजेण्डा हुने उनको भनाई थियो । हेटौंडाको बीच भागको घना बस्तीबाट हाईवे नजाने भन्दै बाईपास सडक निर्माणलाई आफूले बढी प्राथमिकता दिएको बताए । मकवानपुरमा आर्थिक रुपमा बिकाश गर्नका लागि फाष्टट्रयाक, सुरुङमार्ग निर्माण प्रमुख दायित्व भएको बताए । त्यस्तै उपमेयरका उमेद्वार मिना लामाले काँग्रेस माओबादीको तालमेलले केहि फरक नपर्ने बताईन् । काँग्रेस र माओबादीले तालमेल गरेर महिलामाथि अपमान गरेको बताइन् । उनले तालमेल भए पनि भ्यागुताको धार्नी नपुग्ने भएकाले एमालेको जीत निश्चित भएकोमा जोड दिइन् ।

यसैगरी यस भन्दा अगाडि नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय स्तरमा नै चर्चा कमाउन सफल सहिद स्मारक निर्माण समेत भएको छ । त्यसैगरी एमालेको नेतृत्वकै पालामा जनसहभागितामा विकास निर्माणको क्रम सूरु भएको हेटौंडाका पूर्ब मेयर डोरमणी पौडेलले बताए । एमालेको नेतृत्वमा हेटौंडा नगरपालिका आएपछि नै हरित नगरीको अबधारणा अनुसार घर घरमा बृक्षारोपणको सुररुवात गरिएको थियो । शिक्षा स्वास्थ्य, फुटपाथ ब्यस्थापन, मासु पसल ब्यबस्थापन, खाद्य प्रयोगशाला तथा बिशेषज्ञ डाक्टरहरुको सेवा पनि एमाले नेतृत्वकै पालामा सुरु भएकोले पनि जनताहरुले बढि विश्वास एमाललेलाई गरेको पौडेलको भनाई छ । हेटौंडा उपमहानगरपालिका सहित अन्य ९ वटा निकायमा पनि एमालेले बिकास निर्माणका कामहरुमा सांसदहरु सुवासचन्द्र ठकुरी, अनन्त पौडेल र राजाराम स्याङतानले बिशेष भूमिका रहेकोले पनि मकवानपुरमा एमाले बलियो रहेको एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठको भनाई छ ।

यता लामो रस्साकस्सी पछि नेपाली काँग्रेसका तर्फबाट मेयर पदमा उठेका आनन्दराम पराजुली भने ब्यवसायी पृष्ठभूमिका हुन् । काँग्रेसका सल्लाहकार समेत रहेका नेता अशोक शाक्यलाई पछि पार्दै निर्माण ब्यवसायी मकवानपुरका अध्यक्ष रहेका पराजुलीले मेयरको उम्मेदवारी पाएका हुन् । मेयर पदमा उठ्नकै लागि बिभिन्न अस्त्र प्रयोग गरेर उनी नेपाली काँग्रेस हेटौंडाको सभापति समेत भएका थिए । त्यसो त माओबादी केन्द्रसँग हेटौंडा उपमहहानगर तथा थाहा नगरमा तालमेल गरेका कारण पनि आफूले जित्ने आशा पराजुलीले गरेका छन् । माओबादीसँग एकता गर्न उपमेयरका उमेद्वार लक्ष्मी श्रेष्ठलाई काँग्रेसले उमेदवारी फिर्ता लिन लगाएको थियो । पुराना नेताहलाई टिकट नदिएर निर्माण ब्यवसायीलाई टिकट दिएको बिषयलाई पनि हेटौंडाबासीले राम्रो मानेका छैनन् । थाहा नगरपालिकाको मेयर पद आफूले लिनेगरी हेटौंडाको मेयरमा काँगे्रसलाई समर्थन माओबादी केन्द्र तालमेलले नतिजा ल्याउनेमा खासै विश्वस्त देखिंदैन ।  । पार्टी विभाजनसँगै मकवानपुरमा कमजोर भएको माओबादी केन्द्र काँगे्रससँग मिलेर भए पनि बलराम बललाई उपमेयर बनाउने ध्याउन्नमा लागेको छ । ६४ को संबिधान सभाको निर्बाचनमा मकवानपुरको ४ वटै क्षेत्र जितेको भएता पनि पार्टी कमजोर कमजोर भएपछि काँगे्रससँग तालमेल गर्ने स्थितिमा पुगेको हो । यस अघि मेयरमा बलराम बल र उपमेयरमा कमला पौडेल उठ्ने पक्का पक्की भए पनि बलराम बललाई उपमेयर बनाउन र काँग्रेसँग तालमेल गर्न जिल्ला इन्चार्ज कुमारी मोक्तानले मेयर पदमा र बलले उपमेयर पदमा उमेद्वारी दिए ।

यता शाही शासन कालमा मेयर भएका मधु अधिकारीले राप्रपाका तर्फबाट हेटौंडाको मेयरमा उमेद्वारी दिएका छन् । शाही कालको मेयर भए पनि जनताको विश्वास जित्ने गरी कार्य गरेको दावी गर्दै उनलाई राप्रपाले मेयरको रुपमा अगाडि सारेको पार्टी अध्यक्ष कमल थापाले घोषणा गरेका थिए । हेटौंडा नगरपालिकामा राप्रपाको बलियो उपस्थिति भएकाले पनि तालमेलले केहि फरक नपर्ने अधिकारीले बताए । राप्रपाले उपमेयरमा इन्दिरा न्यौपानेलाई उमेद्वारको रुपमा अगाडि सारेको छ ।

यसैगरी नेकपा मालेबाट मेयरमा भिमसेन महत र उपमेयरमा रमाकुमारी खड्का, संघीय समाजवादी फोरम र नयाँ शक्तिका तर्फबाट सुभरत्न गोले र उपमेयरमा पुनम भट्टराईलगायत अन्य साना दल तथा स्वतन्त्र ब्यक्तिहरुले उपमहानगरको मेयरका लागि उमेद्वारी दिएर प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

नेकपा मालेका केन्द्रीय सदस्य तथा जिल्ला सचिब भिमसेन महतलाई स्थानीयले राम्रो भिजन भएका नेता मान्छन् । हेटौंडा उपमहानगरपालिका र हेटौंडा–काठमाडौं सुरुङमार्ग, हेटौंडा नगरपालिकामा भ्रष्टाचार भएको भन्दै बिभिन्न सामाजिक गतिबिधिमा सक्रिय महत एमालेबाट मेयर पदमा उमेद्वारी दिएका हरिबहादुर महतका सहोदर भाई हुन् । दुबैले उमेद्वारी दिएपछि दाजुभाइको भिडन्त पनि रोचक हुने हेटौंडाबासी बताउँछन् ।

मकवानपुरमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिका भए पनि सबैको ध्यान हेटौंडा उपमहानगरले खिचेको छ । हेटौडा उपमहानगरपालिकामा ९७ वटा मतदान केन्द्र, ९७ जना जनप्रनिति तथा ८३ हजार ९ सय ५१ जना मतदाता रहेका छन् । चक्रपथ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah