काठमाडौं, १२ चैत्र । कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति विदेशबाट आएको खुलेको छ । उनी ५ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका पुरुष हुन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार संक्रमित व्यक्ति ५ चैत्रबाट काठमाडौं उत्रिएपछि धादिङ पुगी रोगको आशंका भएपछि अस्पताल पुगेका थिए । उनलाई काठमाडौं रिफर गरिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट आज आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर