#

हेर्नुहोस बि.सं. २०७६ चैत १६गते आइतवार , इ.सं.२०२० मार्च २९को राशिफल


बि.सं. २०७६ चैत- १६,आइतवार ,इ.सं.२०२० मार्च -२९,शक संवत-१९४२,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-पञ्चमी , २२:३० बजे उप्रान्त षष्ठी,नक्षत्र-कृत्तिका , १२:३२ बजे उप्रान्त रोहिणी,योग-प्रीति , १५:४८ बजे उप्रान्त आयुष्मान्, कारण-वव १०:०६ बजेदेखि वालव , २२:३० बजे उप्रान्त गर,चन्द्रराशि-वृष,आनन्दादी योग-धुम्र, सूर्योदय-६:००,सूर्यास्त-१८:१९ ,दिनमान -३० घडी ४९ पला l

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
आमा पिता नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ, धनसम्पति फस्नेखालको योग छ,खेलकुद र कलाकारीता को क्षेत्रमा सफलता हुने देखिन्छ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै नकारात्मक चिजहरु हुँदैन,प्रेम सम्बन्धमा भने सानो बाधा आउन सक्ने देखिन्छ,आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
बिदेशसँग सम्बन्धित कार्य राम्रो हुनेछ,यदि कसैलाई धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,प्रेम सम्बन्धमा सोचेभन्दा बढि सफलता मिल्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,व्यापार व्यावशाय राम्रो हुनेछ,प्रेम सम्बन्धमा सानो बाधा आउनसक्छ,बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना छ,भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,गौरीशंकर रुद्राक्ष लगाउनु होला,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कसैलाई धन दिनु पर्ने भयमा दुर्गा माता सम्झेर दिनु होला,प्रेम सम्बन्ध र बैबाहिक सम्बन्ध पनि राम्रो देखिन्छ,धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक १ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
विदेश यात्रा,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ,स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, दुर्घटनाको सम्भाव्य रहेको छ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राति सुत्दा नराम्रो सपना देख्न सकिने हुँदा दक्षिण सिरानी गर्नुभयो भने राम्रो हुनेछ,फलदायी समय रहनेछ,सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्य असफल हुने देखिन्छ ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ, आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,धनसम्पति लाभ हुने देखिन्छ,प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु