दमक नगरभित्र कोहि पनि भोकै बस्नुनपर्ने उपमेयर गीता अधिकारिले बताएकी छन। दैनिक ज्यालादारी गरेर मजदुर तथा विपन्न बर्गका नागरिक हरुलाइ लकडाउनका कारण पर्न गएको अप्ठेरोलाई चिर्न नगरले स्थानीय जनप्रतिनिधि मार्फत त्यस्ता परिवारलाई सहयोग गर्ने उनले बताइन।

यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ र दमकमा खान नपाएर मर्ने अवस्था कसैको पनि आउनेछैन, हामी यसको निम्ति काम गरिरहेका छौं, उनले थपिन।

वडावासिको नाममा सामाजिक सन्जालमा उनले नागरिकहरुलाइ घरमै बसेर यस बिपत्तिको घडिमा सहयोग गर्न आग्रह समेत गरिन।
अत्यन्तै निम्न आय भएका परिवारको डाटा संकलन सम्भवत आज बेलुका सम्म सकिनेछ , हामी तयारी अवस्थामा छौं। उनी थप्छिन।
सामाजिक सन्जालमा उनको अपिलको पूरा विवरण हेर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय