कैलाली /१६ चैत्र
कैलालि जिल्लाको चुरे गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानिय तह जिम्मेवार नभएको पाइएको छ ।
कोरोना भाईरस covid19 ले बिस्व माहामारी लिएको अवस्थामा मुलुकले सम्भावित जोखिम कम गर्नका लागि आवस्यक निर्देशन सहित मातहतका सम्पुर्ण स्थानिय तह हरुलाई पत्राचार गरेको थियो । जस अन्तर्गत अहिले मुलुक लक डाउन गरिएको छ भने अत्यावश्यक बाहेक का सम्पुर्ण सेवा ठप्प पारिएको छ ।
यद्यपि कैलालि जिल्लाको चुरे गाउँपालिकामा भने पार्टी पंतिकै ब्यक्ती स्थानिय तहमा रहँदा समेत पार्टी भित्रै प्रयाप्त समन्वय भएको देखिदैन तर अचम्म के छ भने चुरे गाउँपालिका वडा न . ६ का अध्यक्ष प्रेम सावद द्वारा हस्ताक्षरित अपिलमा स्थानिय बन समुदाय,महिला समूह तथा बिधालय संङ्ग प्रयाप्त समन्वय भैरहेको बताइएको छ । तर त्यो कागजी निर्णय मात्र हो भन्ने आधार भेटिएका छन्।

छिमेकी मुलुक भारत बाट आएका ब्यक्तिहरुको पहिचान तथा उक्त ब्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा आएका हरुलाई सुरक्षित तवरले अलग्गै क्वारेन्टाइनमा राखिनु पर्थ्यो तर त्यो तदारुकताका साथ कार्यान्वयन गरिएको पाईदैन ।

वडा अध्यक्ष प्रेम सावद लाई "के, सम्बन्धित पक्ष सङ्गको समन्वय बिना तपाइले स्वघोषित स्थान तोक्नु मात्रै प्रयाप्त छ , यदि कोहि कसैलाई लक्षण देखिहाले उत्पन्न परिस्थितिको सामना कसरी गर्नु हुन्छ? भन्ने हाम्रो जवाफमा - "तपाइले के गर्नु भएको छ ? भनेर उल्टै प्रतिप्रश्न समेत गरेका थिए । सार्वजनिक पद धारणा गरेको ब्यक्तिले यसरी गैह्र जिम्मेवार जवाफ दिएर कर्तब्य बिमुख हुन खोज्नु शोभनीय मानिदैन ।
एकजना स्थानियले आफ्नो नाम नबताउने सर्तमा सवाल नेपाल सङ्गको कुराकानी मा "हामि निकै त्रसित छौँ ,भारत बाट आएकाहरुलाई अन्तै राख्ने ब्यबस्था गर्नु पर्यो नि भनेर वडालाई जानकारी गराउँदा आफुलाई वडाले गैह्र जिम्मेवार जवाफ दिएको दुखेसो गरे ।










