प्यारा विद्यार्थीहरु, अहिले हामी संकटको घडीमा छौं। सारा विश्व नै संकटमा छ। मानौं यो तेस्रो विश्वयुद्ध नै हो। यो विश्वयुद्धमा सारा मानवजाति एकातिर र कोविड-१९ अर्कोतिर। पहिलो विश्वयुद्ध सन् १९१४ देखि १९१८ सम्म ४ वर्ष चलेको थियो भने दोश्रो विश्वयुद्ध सन् १९३९ देखि १९४५ सम्म ६ वर्षसम्म चलेको थियो। यो संकटको समय हामीले कहिले सम्म भोग्नुपर्ने भन्ने कुरा अनिश्चित नै छ। धैर्यवान बन्न सक्नु नै हामीले यो युद्ध जित्नु हो। प्यारा विद्यार्थीहरु, हामी मानवजाति प्राकृतिक रूपमै अध्ययनशील प्राणी हौं। त्यसैले मानिस सधैं अध्ययनशील रहनुपर्दछ। सृजनशील रहनु पर्दछ। बेलायतका पूर्वप्रधानमन्त्री विष्टन चर्चिलले भनेका थिए, "निराशावादी हरेक अवसरमा चुनौती देख्छन् भने आशावादी हरेक चुनौतीमा अवसर!" यो कोविड- १९ ले तपाईंहरूलाई नजरबन्दमा बस्न दिएको चुनौतीलाई अवसरमा कसरी परिणत गर्न सक्नुहुन्छ त्यो तपाईंकै हातमा छ। तपाईंको अध्ययन विद्यालयको चार भित्ताभित्र मात्र सीमित छैन। यो ब्रह्माण्ड नै सिङ्गो अध्ययनको क्षेत्र हो, खुल्ला किताब हो। मलाई थाहा छ कि यहाँहरु अहिले पनि घरको चार भित्ता भित्रै सीमित हुनुन्छ। तर प्रविधिले पूरा विश्वलाई कम्प्युटरको चार कुनाभित्र सीमित गरिदिएको छ। इन्टरनेटको माध्यमबाट यहाँहरुले आफ्नो अध्ययनको क्षेत्रलाई फराकिलो बनाउन सक्नुहुन्छ। तपाईंले चाहेर पनि गर्न नसकेका कुराहरू गर्ने समय हो यो। डा.योगी विकासानन्दकाे भनाइलाई सापटी लिने हो भने, "अहिलेसम्म हामी दर्शक बन्यौ, अब सर्जक बनौं।" सर्जक बन्नका निम्ति खोज गरौं, रचनात्मक कार्य गरौं, उत्पादनशील कार्य गरौं। यदि तपाईहरुलाई के गरौं भन्ने लागिरहेको छ भने मसंग यहाँहरुका निम्ति केही सुझावहरू छन्:- १. रुविक्स क्यूव लिनुहोस्, सल्भ गर्नुहोस्। २. चेस लगायत इन्डोर गेम खेल्न सक्नुहुन्छ। ३.ओस्कार अवार्ड जितेका चलचित्रहरु हेर्न सक्नुहुन्छ। ४.नोवेल साहित्यिक पुरस्कार, मदन पुरस्कार जितेका किताबहरू पढ्न सक्नुहुन्छ। ५. दार्शनिकहरुका प्रवचन सुन्न सक्नुहुन्छ। ६.हजुरआमा\हजुरबुबाको अन्तरवार्ता लिन सक्नुहुन्छ, अनुभव साटासाट गर्न सकिन्छ। ७.कथा, कविता, गजल लगायतका रचनाहरू लेख्न सक्नुहुन्छ। ८.नयाँ शब्दहरू सिक्न सक्नुहुन्छ। ९. विटबक्सिङ, गितार लगायतका कलाहरू सिक्न सक्नुहुन्छ। १०. रूख रोप्नुहोस्, आफुलाई चाहिने अक्सिजन आफैं उत्पादन गर्नुहोस्। ११.यू-ट्यूव स्टार बन्न सक्नुहुन्छ। १२. अँ, साँची! घरमा अविभावकले गाली गर्नुहुन्न भने आफूलाई मनपर्ने रङ्गले कपाल रंग्याउन सक्नुहुन्छ। किनकि तपाईंको शिक्षकले अथवा तपाईंको विद्यालय निर्देशकले तपाईँलाई देख्न सक्नुहुन्न। कारण, तपाईं सेल्फ क्वारेन्टाइनमा हुनुन्छ। र अन्तिममा..विज्ञानले पत्ता लगाउन नसकेका कुराहरू धेरै छन्, खोज गर्ने पालो तपाईंको। विद्यालयमा शिक्षकले नसिकाएका कुराहरू धेरै छन्, अब सिक्ने पालो तपाईंको। समय परिवर्तनशील छ, आफूलाई सकारात्मक परिवर्तन गर्नुहोस्। समय गतिशील छ, यो तपाईंको उर्जाशील उमेर फर्केर फेरि आउन सक्दैन। उर्जाशील उमेरमा उर्जाशील कर्म गर्नुहोस्। यो तेश्रो विश्वयुद्धको समाप्तिसँगै तपाईं हाम्रो भेट झापा, दमक -४ स्थित पूर्वाञ्चल ई. बो. से. स्कुलमा हुने नै छ। आफ्नो ख्याल राख्नुहोला। प्रविण पाठक निर्देशक पुर्वान्चल अंग्रेजी आवसीय मा.वि
विद्यार्थीलाई चिठी
सवाल नेपालसंवाददातासोमबार, १६ चैत २०७६

विद्यार्थीलाई चिठी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



