बि.सं.२०७६ चैत १८,मंगलवार, इ.सं. २०२० मार्च – ३१,शक संवत-१९४२,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर ,उत्तरायण,ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-सप्तमी , २२:५१ बजे उप्रान्त अष्टमी,नक्षत्र-मृगशिरा , १४:३१ बजे उप्रान्त आर्द्रा,योग- सौभाग्य , १४:०९ बजे उप्रान्त शोभन,करण-गर १०:५८ बजेदेखि वणिज , २२:५१ बजे उप्रान्त वालव,चन्द्रराशि-मिथुन,आनन्दादी योग-राक्षस, सूर्योदय-५:५७, सूर्यास्त-१८:२०,दिनमान-३० घडी ५७ पला

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आलश्य पनि दूर हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,नोकारीमा समस्या आउनेछ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ, मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आजको शुभ अंक ६ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,विदेश यात्राको योग छ,आजको शुभ अंक ८ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ, भ्रमण,समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,मित्रता गाँस्नेहरूले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सम्झना लायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,सचेत रहनुहोला,व्यापारमा अवरोध आउने,समस्याहरू धेरै आउनेछन्, योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,आजको शुभ अंक १ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah