आज मंगलवार)बाट देशमा पश्चिमी वायुको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, अहिले मुलुकको पूर्वी पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो देशको पश्चिमी भूभागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

मंगलवार राती भने देशको पश्चिमी भूभागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पश्चिमी भूभागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरहावाहुरी सहित वर्षा हुन सक्ने देखिएको छ। हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।