सरकारले विक्रम संवत् २०७७ सालका लागि सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।

गृह मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशित गरी वर्षभरीका बिदाबारे जानकारी गराएको हो ।

आगामी वर्ष चाडपर्वहरू पछाडि धकेलिएका छन् । कात्तिक ७ देखि ११ गतेसम्म दशैं बिदा तथा कात्तिक २९ देखि मंसिर १ गतेसम्म तिहार बिदा परेको छ ।

शनिवारबाहेक वैशाखमा ३ दिन बिदा परेको छ । वैशाख १ गते सोमवार नयाँ वर्षको बिदा, वैशाख १९ गते (मे १) विश्व मजदुर दिवस र वैशाख १५ गते बुद्ध जयन्तिको बिदा परेको छ ।

संविधान दिवसको दिन असोज ३ गते तथा अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को अवसरमा फागुन २४ गते सबैलाई बिदा दिने राजपत्रमा उल्लेख छ ।

यस्तै फागुन २७ गते शिवरात्रिको बिदा परेको छ । हेर्नुहोस्, बिदाको सूची :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय