काठमाडौ/ चैत्र १८
नेपाल सरकारले २०७७ सालमा गरिने सार्वजनिक बिदाका दिनहरु सार्वजनिक गरेको छ ।
सरकारले नयाँ वर्ष २०७७ सालमा केन्द्र सरकारले दिने सार्वजनिक बिदाको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको हो। जस अन्तर्गत
५२ शनिबार बिदा उल्लेख छ भने पर्व, जयन्तीलगायतमा बिदा दिने उल्लेख छ।नयाँ वर्ष वैशाख १ मा बिदा हुनेछ। यस्तै महाशिवरात्री फागुन २७, पहाडी जिल्लामा होली चैत १५, तराई जिल्लामा होली चैत १६ मा बिदा हुनेछ।
धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि पनि सार्वजनिक बिदा दिने उल्लेख छ।
















