काठमाडौं/ चैत्र १९
नेपाल ग्यास उद्योगले बुधबार अर्थात आज देखि काठमाडौंका अन्य ६ स्थानबाट ग्यास वितरण गर्ने भएको छ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आए संङ्गै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा समेत ग्यास वितरण गर्न लागिएको हो ।
नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार बुधबार बिहान १० बजे देखि सुरक्षाकर्मि सहित काठमाडौको चाबहिल चोक र बाफल चोकमा, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उनले भने, ‘तीन दिनमा दुई-दुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ ।’
तथापि सरकारले भने बिधुतिय चुल्हो प्रयोग गर्न सुझाएको छ ।










