दमक / नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिको अध्यक्षमा गौतम लामा निर्वाचित भएका छन् । विहीवार सम्पन्न निर्वाचनबाट उनले आफना प्रतिद्धन्दी डार्विन संग्रौलालाई ३२ मतको अन्तरले हराउदै लामा अध्यक्षमा निर्वाचित भएका हुन् । लामाले ५८ मत प्राप्त गरि निर्वाचित भए । उनी समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुन् । निर्वाचनमा लामा र संग्रौलाको प्यानलनै खडा गरेर निर्वाचनमा उत्रिएका थिए । यसैगरि उपाध्यक्षमा महेन्द्र अधिकारी (४६ ) ,सचिवमा गणेश गौतम ( ४० ) ,सहसचिवमा खगेन्द्र बराल ( ५२ ) र  कोषाध्यक्षमा प्रेमकुमार श्रेष्ठ ( ५५ ) मत ल्याएर निर्वाचित भए । निर्वाचन समितिका अनुसार उपाध्यक्षका प्रत्यासी प्रितम दाहालले ( ३५ ), सचिवका प्रत्यासी दिनेश भट्टराईले ( ३७ ), सहसचिवका प्रत्यासी हरि पाण्डेले २५ र कोषाध्यक्षका प्रत्यासी बेनुराज प्रसाईले २५ मत ल्याएका थिए । यसैगरि ६ जना सदस्यहरुमा भिमबहादुर लिम्बु ( ६६ ), देवेन्द्र धिमाल ( ५३ ) ,ज्ञानु भण्डारी ( ५२ ) ,निलम बरुवाल ( ४६ ) , विनोद बस्नेत( ४४ ) र विष्णु भट्टराईले ४३ मत ल्याएर निर्वाचित भए । सदस्यका प्रत्यासी हरिप्रसाद दाहालले ४२,बब्लु माँझी ( ३६ ), विष्णु खड्का ( ३४ ) , तुलसीबहादुर क्षेत्री ३१ मत प्राप्त गरेका थिए । निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक प्रल्हाद श्रेष्ठले सपथ ग्रहण गराएका थिए । दमकस्थित पार्टी कार्यालयमा भएको निर्वाचनमा ९८ जनाले मतदाता  थिए । ती मध्ये ९० मत खसेको थियो । आगामी दुई वर्षे कार्यकाल हुने नवनिर्वाचित समितिको बैठकले विधान अनुसार एक सदस्य मनोनित गर्ने र विभिन्न उपसमितिहरु गठन गरिने जनाईएको छ । त्यस्तै समितिका निर्वतमान अध्यक्ष बालकृष्ण श्रेष्ठलाई बरिष्ठ सल्लाहकार चयन गरिएको थियो । समितिको गत बैशाख १३ गते पाँचौ अधिबेशन बन्द सत्र पूरा भएपछि  नेतृत्व चयनका विषयलाई लिएर स्थगित भएको थियो ।