के बि महरा / कैलाली

कैलालिको चुरे गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २५ सदस्यीय बिपद ब्यबस्थापन समिती गठन गरेको छ ।

विश्वब्यापीरुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि ५० लाख बराबरको कोष स्थापना गरिएको हो । चैत्र १८ गते बसेको सर्वपक्षीय बैठक द्वारा उक्त निर्णय गरिएको थियो ।

चुरे गाउँपालिका द्वारा आह्वान गरिएको सर्वपक्षीय भेलामा गाउँपालिका अध्यक्ष धन बहादुर रोकायाको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा स्थानिय बुद्दिजिबी,गाउँपालिका तथा वडा पालिकाका प्रतिनिधि, स्वास्थ्य प्रतिनिधि, स्थानिय प्रशासन लगाएतको उपस्थित रहेको थियो ।

बुधबार बसेको कार्यपालिकाको बैठक द्वारा थप आवस्यक निर्णय पारित गरिएको चुरे ६ का वडा अध्यक्ष प्रेम साउदले जानकारी दिएका छन्।
बुधबार बसेको बैठक द्वारा बिपद कोष सन्चालन कार्यबिधी समेत पास गरिएको साथै अन्य महत्त्वपूर्ण निर्णय भएका छन् ।

चुरे गाउँपालिकाले कोरोना नियन्त्रणका लागि लकडाउनको समयाबधी भर गाउँपालिका भित्र आन्तरिक खाद्यान्न ढुवानिका लागि पास उपलब्ध गराउन ब्यबस्था मिलाउने , गाउँपालिका क्षेत्र भित्रका बिपन्न मजदुर हरुको पहिचान गरि राहत बितरण गरिने लगाएतका महत्वपूर्ण निर्णय गरेको समेत अध्यक्ष साउदले जानकारी दिएका छन्।

साथै गाउँपालिकाको निर्देशन अनुसार चुरे गाउँपालिकाका क्षेत्र भित्र चैत्र महिना अबधिभर मदिरा बिक्रि बितरण पुर्णतया बन्द गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय