चैत २०, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ४७ हजार २ सय २३ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या ९ लाख ३५ हजारभन्दा बढी पुग्दा एक लाख ९४ हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा बुधबारमात्रै १ हजार ४९ को मृत्यु भएको हो । त्यहाँ संक्रमितको संख्या २ लाख नाघेको छ । जोन्स हपकिन्स युनिभर्सिटीले सार्वजनिक गरेको पछिल्लो आँकडाअनुसार अमेरिकामा कोभिड(१९ संक्रमतिको संख्या २ लाख १३ हजाभन्दा बढी छ ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ सय नाँघेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा करिब २७ हजार थप संक्रमितको पुष्टि भएको हो । अमेरिकापछि इटाली र स्पेनमा पनि संक्रमितको सख्या लाख भन्दा बढी भएको छ ।

स्पेनमा बुधबार एकैदिन ९ सय २३ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय नाघको छ भने संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ ।

इटलीमा बुधबार ७ सय २७ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ । यसैगरी साढे ४ हजार नयाँ संक्रमित भेटिएका छन् । योसहित इटलीमा संक्रमितको संख्या १ लाख १० हजार नाघेको छ । फ्रान्समा बुधबार एकैदिन ५ सयको मृत्यु भएको छ भने बेलायतमा साढे ५ सय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah