हरेक बर्ष आउने दशैं हरेक बर्ष समस्याहरु पनि बोकेर आउछ । दशैंमा अभिभावकको आर्शीवाद र गाउँघरको वातावरण सबैका लागि प्रिय पक्ष हुन । तर यही दशैंमा गाउँघर जान नेपालीले हरेक बर्ष सास्ती नै भोग्नु पर्छ । देश भित्रका मात्र नभई विदेशमा छरिएका नेपालीहरु पनि घर फर्कन्छन । टाढाको यात्रा सहज हुन्छ उनीहरुका लागि तर घर भित्रैको यात्राले सातो लिन्छ सधै । उनीहरुमाथि सकस थप्नेहरुका लागि भने दशैं त्यहीबाट सुरु भइसकेको हुन्छ ।

शनिवारवाट दशै शुरु भएको छ । अर्थात घटस्थापना । नयाँ बसपार्कको यो दृश्यले दशैको माहोल देखाइरहेको छ । सर्वसाधारणको यो चहलपहलमा अनेक समस्या, गुनासा र विडम्वनाहरु पनि रुमल्लिरहेका छन् । दशैका लागि अग्रिम बुकिङको व्यवस्थाले हौसिएका यी दुई भट्टराई दाजुभाइहरु, दशैमा घर नपुगिने चिन्तामा छन् । दैलेख घर भएका यिनीहरुलाई अग्रिम बुकिङ कागलाई बेल पाक्यो, हर्ष न विष्मात झैं भएको छ ।
रोजागारीका क्रममा विदेशिएका युवाहरु पनि विदा मिलाएर फर्कदैछन् दशैका लागि । कतार, दुवैलगायत मुलुकवाट वाट स्वदेश आइपुगेका हिरामान र भोजराजले भोगेको कथा आफनै छ । सात समुद्र पार गर्दा लागेको समय र काठमाडौ उत्रेपछिको समय हिसाब गर्दैछन् यिनीहरु । चितवन र अर्घाखाँची पुग्नलाई व्यहोर्नु परेको सास्ती उस्तै छ । स्वदेश न हो, नेता र नेतृत्व अदूदर्शी हुँदाको दूरावस्था ।
सर्वसाधारणको पीडा जस्तो छ, व्यवसायीका लागि पनि दशै मुस्किल बन्दै गएको छ । व्यापार फस्टाउने याम त हो नै, तर साधनको अभाव, एकतर्फी मात्र यात्रुहरुको चापले गर्दा व्यवसायीलाई चिन्ता पर्ने गरेको छ । विकल्प दिन तयार व्यवसायीहरु सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन् ।
दशैसँगै दशा आयो भन्ने, आहान सुनिन्छ गाउँघरमा । घर जानैका लागि पनि दशा बन्दैछ घर छोडेर कर्मभूमि काठमाडौं बनाउनेहरुका लागि । शहर छाड्नेहरुको लर्को शुरु भएको छ । यतिखेर सहजताको व्यवस्थापन सहजकर्ताहरुले गरिदिनु पर्ने हो तर त्यस्को सहजता महसुस गर्न गाह«ो पर्छ हरेक दशैंमा । यो पनि नियति नै हो नेपालीको ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय