काठमाडौं । साँझ पर्ने वित्तिकै होटेल रेस्टुरेन्टमा चहलपहल सुरु भइहाल्छ। दिनभरि घरघरमा भोट माग्दै हिँड्ने कार्यकर्ता साँझ परेपछि होटेल र भट्टी छिर्छन् ।

खाना र खाजासँगै मासुका परिकारको स्न्याक्स मगाउँछन्, अनि दारुको चुस्की लिन्छन् । होटेल सञ्चालकलाई पनि ग्राहकको सेवा गर्न भ्याइनभ्याइ देखिन्छ ।

स्थानीय तहको निर्वाचनले सामान्य अवस्थामा चलिरहेको होटेल तथा रेस्टुरेन्ट व्यवसाय गुल्जार बनाइदिएको छ ।

मुलुकमा १९ वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । दुई चरणमा हुन लागेको निर्वाचले उम्मेदवारदेखि मतदातासम्म उत्साहित छन् ।

स्थानीय निर्वाचनले राजधानीदेखि ग्रामीण क्षेत्रका होटेल ररेस्टुरेन्टसम्म गुल्जार देखिन्छन् ।

पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन हुन लागेका ३, ४ र ६ नम्बर प्रदेशमा होटेलमात्र भरिभराउ छैनन्, सहर तथा गाउँ चुनावी प्रचार सामग्रीले रंगिएका छन् ।

दलका झन्डा, निर्वाचन चिन्ह र उम्मेदवारका प्रचार समग्री छरपष्ट देखिन्छन् ।

सामान्य समयको तुलनामा वैशाखयता तीन–चार गुनासम्म कारोबार बढेको स्थानीय होटेल व्यवसायी बताउँछन् ।

चुनावी सरगर्मी बढेपछि मासु र मदिराको बिक्री ह्वात्तै बढेको छ। सहर र गाउँका मदिरा पसल, रेस्टुरेन्ट र भट्टी पसलमा मदिराका ग्राहक भेटिन्छन् ।

साथै, होटेल रेस्टुरेन्टमा खाना–नास्ता पनि उत्तिकै बिक्री भइरहेको छ ।

ठूला होटेलका रेस्टुराँदेखि साना भट्टी पसलसम्म नेता र कार्यकर्ताको भीड देखिन्छ ।

चुनावको समयमा सबैभन्दा बढी बिक्री हुने मासु र मदिरा हो । (अन्नपूर्ण पोष्ट दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah