झापाको दमक, कमल र गौरीगन्जमा लक डाउनको १० दिन बिति सक्दा पनि सर्वसाधारण अति बिपन्न हरुका लागि राहत बितरन हुन सकेको छैन । जसका कारन दैनिक ज्यालाको भरमा जिविकोपार्जन गर्दै आएका अति बिपन्न परिवारका बाल बालिका , वृद्ध बृद्दाहरुको अवस्था नाजुक बनेको हो ।

 

ती स्थानीय तहमा राहतको लागि दाताहरुले खाध्य सामान प्रदान गरे पनि स्थानीय सरकारले एक द्वार प्रणालीबाट बितरन गर्ने भन्दै बितरन मा ढिलो गरेका हुन । व्यापक रुपमा कोराना भाइरस को महामारी र विपत्ति को सामना गर्न भन्दै जन प्रतिनिधिहरु र पार्टी नेता कार्यकर्ता लक डाउन उल्लंघन गरिरहेका छन ।

 

महामारीको चपेटामा परेका ज्याला मजदुरी गर्नबाट बन्चित नागरिकहरुले गुजारा गर्न कठिन भएपनि राहत पाउन नसकेको पहिलो पाइला नेपाल दमक साखा अध्यक्ष छवि बास्कोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर