सम्भवत अब झापाको दमकमा नै कोरोना भाइरसको संक्रमण भए भनएको जाँच गर्ने तयारी शुरु भएको छ । यसका लागि नगरपालिकाले चासो दिएको हो ।

भुटानी शरणार्थी तेश्रो देश पुर्नबासमा पठाउदा जाँच गर्नका लागि आप्रवास सम्बन्धिको अन्तराष्ट्रिय संगठन आइओएमको प्रयोगशाला यसका लागि प्रयोग गर्न सकिने जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले जारी गरेको बिज्ञप्ति अनुसार यस बिषयमा आईओएमले माथिल्लो निकायमा अनुमति मागेको छ । त्यसपछि आफुहरुले प्रदेश तथा संघीय सरकारसंग समन्वय गरेर यहि प्रयोगशालामा कोरोना टेस्ट हुनसक्ने छ ।

अहिले प्रदेश १ मा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मात्र जाँच सुविधा रहेको छ ।