काठमाडौं । अहिले मुलुकभर स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भू–भाग लगायत पुर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशको पश्चिमी भू–भाग लगायत पुर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
पश्चिमी भु–भागका थोरै स्थानहरुका साथै पुर्वी र मध्य पहाडी भू–भागका एक, दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राती देशको पुर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ।
त्यसैगरि पहाडी भू–भागका एक, दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।










